नियम १६
उपभोग्य वस्तु वा सेवाका सम्बन्धमा गर्न नहुने अन्य काम

कसैले पनि कुनै उपभोग्य वस्तु वा सेवाको सम्बन्धमा ऐनको दफा १० मा लेखिएको कामको अतिरिक्त देहायका कुनै काम गर्न गराउन हुँदैन :

() एकै प्रकृतिका विभिन्न व्यापारी वा व्यापारिक समूहहरू मिली कुनै उपभोग्य वस्तुको अभाव सिर्जना गरी मूल्य तथा आपूर्ति व्यवस्थामा प्रभाव पार्न

() एक वा एक भन्दा बढी व्यापारीहरू वा व्यापारिक समूहहरू मिली प्रतिस्पर्धालाई कुण्ठित तुल्याई संयुक्त रूपमा मूल्य निर्धारण गर्ने

() कुनै सेवा प्रदान गर्ने एक भन्दा बढी व्यापारीहरू वा समूहहरूले आपसी सम्झौताका आधारमा सिण्डीकेट प्रणाली अपनाई सेवा संचालन गर्न

() एउटा उपभोग्य वस्तु खरिद गर्दा अर्को उपभोग्य वस्तु पनि अनिवार्य रूपमा खरिद गर्नु पर्ने गरी मिश्रित बिक्रीको व्यवस्था गर्न